विमानस्थलको नाम परिवर्तनमा नेता भट्टराईको यस्तो आपत्ति


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८
4.4K
SHARES

१६ जेठ काठमाडौं। आज सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल बनाएपछि नेकपा एमालेका नेता योगेश भट्टराईले कसैसँग छलफल नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाएका छन्।

हिजो सार्वजनिक बजेटमा सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी बनाएपछि भट्टराईले आज आपत्ति जनाएका हुन्।

उनले भनेका छन्, ऐंतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ।

यसरी मात्र सहभागिता मुलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा बिबाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’

yo