बजेटबारे नेता भट्टराईले दिेए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८
9K
SHARES

१६ जेठ काठमाडौं । आज नेकपा एमाले नेपाल–खनाल पक्षीय नेता योगेश भट्टराईले बजेट जनमुखी भएको प्रतिक्रिया दिएका छन्। तर, कार्यान्वयनमा भने चुनौती रहेको बताए ।

उनले भनेका छन्, ‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आव २०७८/ ७९ को बजेट मुलतः जनमुखी छ।’

हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यान्वयन, पुँजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेतृत्वमा इच्छाशक्तिको कमी, राजश्वको लक्ष्य नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती रहेको उनले बताएका छन् ।

यी चुनौतीमाथि विजय प्राप्त गर्न अर्थमन्त्री पौडेललाई उनले शुभकामनासमेत दिए।