जनमुखी बजेट आएको छ – नेता भट्टराई


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १७ २०७८
3.5K
SHARES

१७ जेठ काठमाडौं।अहिले एमालेका नेता योगेश कुमार भट्टराईले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट मूलतः जनमुखी भएको बताएका छन्।

नेता भट्टराईले सरकारले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा चुनौती रहेता पनि वर्तमान समयको लागि बजेट उत्साहजनक तथा जनमुखी भएको बताएका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अर्थमन्त्री माननीय विष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८र ७९ को बजेट मूलतः जनमुखी छ। हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यान्वयन, पूँजीगत खर्च कम हुने, राजनीतिक र प्रशासनिक नेतृत्वमा इच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि विद्यमान छन्। यी चुनौतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस्।’

पार्टीको आन्तरिक विवादपछि माधवकुमार नेपाल समूहमा रहेका नेता भट्टराई कतिपय बेलामा तटस्थ बसेर प्रतिक्रिया जनाउने गरेका छन्।