महासचिव पोखरेल र नेता भट्टराईबीच एक्लाएक्लै भेट, के थिए एजेण्डा ?


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
15K
SHARES

१९ जेठ काठमाडौ ।आज  एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र  स्थायी समिति सदस्य योगेश भट्टराईबीच छलफल भएको छ। दुई नेताबीच एमालेको आगामी राजनीतिलाई के कसरी अघि बढाउने भन्नेबारेमा छलफल भएको एक स्रोतको भनाइ छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अपरान्ह ३ बजेदेखि एक्लाएक्लै कुराकानी भएको थियो।

भट्टराई कताको कित्तामा भन्ने अझै प्रष्ट नभइरहेका बेला ओली तर्फका एक प्रमुख नेता पोखरेलसँग भएको छलफललाई निकै अर्थपूर्णरुपमा लिन सकिन्छ।