ओलीसॅंग आत्मसमर्पण गर्दैनौं – नेता भुसाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८
6.1K
SHARES

२१ जेठ काठमाडौ ।एमालेको झलनाथ-माधव समूहका नेता घनश्याम भुषालले सांसद पदबाट सामुहिक राजिनामा दिने तयारीमा रहेको बताएका छन् । तर, यसको प्रयोजक के हो ? भन्नेमा उनले केही खुलाएका छैनन् ।

माधव नेपाल पक्षका १४६ सांसद सहितको हस्ताक्षरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्द सर्वोच्च अदालतमा रिट परेको छ ।

उक्त रिटमाथिको सुनुवाई सुरु नै भएको छैन् । यहि बेला नेता भुसालले सांसद पदबाट सामुहिक राजीनामा दिने तयारी रहेको बताएका हुन् ।

एक टेलिभिजनसंग कुरा गर्दै नेता भुषालले भनेका छन्, ‘ओलीसंग आत्मसमर्पण गर्दैनौं, सांसद पदबाट सामुहिक राजिनामा दिने तयारीमा छौं ।’