भ्रामक र कपोकल्पित र कुराकोपछि नलागौं – नेता श्रेष्ठ
२२ जेठ काठमाडौं । आज माओवादी केन्द्रका नेता तथा प्रवाक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारमा जाने त के सोच्न पनि नसकिने बताएका छन्।
अहिले केही मिडियामा बालुवाटार पुगेर नेता श्रेष्ठले ओलीलाई भेटेर सत्ता सहकार्यको प्रस्ताव राखेको समाचार आएपछि श्रेष्ठले बरु उल्टो केपी ओली नेतृत्वको सरकारलाई हटाउन एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए। क्यापिटल हेडलाईनसॅंग कुरा गर्दै उनले ‘कपोकल्पित र भ्रामक समाचार पछि नलागौं,’ भनेर आग्रह समेत गरेका छन ।
‘अब ओलीलाई सरकारबाट हटाउनै पर्छ। त्यसका लागि कांग्रेसलगायत अन्य दलहरु अघि बढिरहेका छन्। हामीले समर्थन गरिरहेका छौं, नेता श्रेष्ठले भने, ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ। हामी ओली सरकारमा जाँदैनौं।’ उनले ओली नेतृत्वको सरकारमा माओवादी कुनै पनि अवस्थामा सहभागी नहुने बताए।