अध्यक्ष ओलीको वक्तव्यपछि नेपाल पक्षको यस्तो एजेण्डा सहित स्थायी कमिटी बैठक बस्दै
२४ जेठ काठमाडौं । नेकपा (एमाले) को नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ। गएराति ओलीले सशर्त पार्टीलाई जेठ २ मा फर्काउने भन्दै वक्तव्य जारी गरेपछि त्यसबारे औपचारिक निर्णय गर्न नेपाल–खनाल आकस्मिक बैठक बोलाएको हो।बैठक आज बिहान ११ बजेपछि भर्चुअल रुपमा बस्ने नेता बेदुराम भुसालले जानकारी दिए ।
बैठकले ओलीको वक्तव्यबारे औपचारिक धारणा तय गर्ने नेता भुसालको भनाइ छ। बैठकपछि साझा धारणा सार्वजनिक गरिने भुसालले बताए।
एमाले अध्यक्ष ओलीको प्रस्तावप्रति नेपाल–खनाल समूहमा मत विभाजित देखिएको छ। नेपाल पक्षका केही नेताले ओलीको वक्तव्यलाई सकारात्मक भनेका छन् भने केहीले भ्रमको खेती भन्दै भ्रममा नपर्न सुझाव दिएका छन्।