खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता
२४ जेठ काठमाडौ । अहिले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल खुमलटार पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेको भोलीपल्ट नेता नेपाल खुमलटार पुगेका हुन ।
ओलीको प्रस्तावमा प्रतिनिधि सभा विघटनविरुद्ध माओवादी केन्द्रलगायतले सर्वोच्चमा दर्ता गरेको रीट निवेदनमा माधव पक्षका सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने माग गरिएको छ ।
आजको छलफलमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइन्छ । माधव नेपाल समूहले ओलीको प्रस्तावबारे आजै छलफल गरी औपचारिक धारणा सार्वजनिक गर्ने बताइन्छ ।