मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ २५ २०७८
4.3K
SHARES
२५ जेठ काठमाडौं ।आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले ३० सांसदको समर्थन पाएका थिए ।
मुख्यमन्त्री भट्टको सरकारको पक्षमा सभाका ३० सांसदले मत दिएसँगै उनले विश्वासको मत प्राप्त गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन् ।
भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमाले माधव समूहका १७ जनाले मत हालेका छन।मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत खसेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट