खोप सबै नागरिकलाई लगाउन प्रयारत छु – मन्त्री तामाङ


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
12K
SHARES

२५ जेठ काठमाडौं। आज स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन्।

मंगलबार बागमती प्रदेश स्काउट अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनका लागि सरकारले प्रयास गरिरहेको बताएका हुन्।

खोप ल्याउने क्रम जारी रहेको भन्दै उनले उमेर समूह अनुसार क्रमशः खोप दिदैँ जाने बताए। दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि छिट्टै खोप ल्याएर दिइने बताए। बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्काउट कार्यक्रम अन्र्तगत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ।

कोभिड -१९ कोरोना भाइरसबाट बच्नका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुचना तथा जानकारीहरु बजाउँदै टोल–टोलमा मोटरसाइकलमार्फत सूचना जानकारी दिने अभियानका संयोजक सुदर्शन बजगाईँले जानकारी दिए।