यस्तो निष्कर्ष निकाल्दै ओली र नेपाल समुहको बैठक सम्पन्न
पार्टी विवाद मिलाउने प्रयासमा रहेका नेकपा–एमालेका दोस्रो तहका नेताहरुको बैठक सकिएको छ ।पार्टी एकता बचाउन हदै सम्मको कोसिष गर्ने र आगामी बैठकमा ठोस निर्णय निकाल्नको लागि थप छलफल गर्ने गरि सम्पन्न भएको छ ।
नेताहरु ललितपुरको कुपण्डोलस्थित समिट होटलमा भेला भएका थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपालले नेतृत्व गरेको असन्तुष्ट समूहबीच केहि सातादेखि नै पार्टीको आन्तरिक विवाद सुल्झाउन वार्ता भइरहेको छ।
ओली र नेपालबीच भएको सहमतिका आधारमा दुवै तर्फका नेताहरु समावेश गरी गठन गरिएको कार्यदल अहिले औपचारिकरुपमा बैठक गर्न छाडेपछि केहि नेताहरुले अनौपचारिक रुपमा संवादलाई जारी राखेका छन्।
यसअघि याक एण्ड यतिमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहितका नेताहरुले चार घण्टा लामो वार्ता गरेका थिए।