मन्त्रिपरिषद् विस्तार : गृहमा बस्नेत र अधिकारीको चर्चा , कसले मार्लान बाजी ?


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २६ २०७८
8.7K
SHARES

२६ जेठ काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य अगाडि बढाएका छन ।

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेकै अर्का समूह (माधवकुमार नेपाल) लाई समेट्न भन्दै प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफुसँग राखेका थिए । पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव पनि अघि सारेका थिए ।

तर नेपाल समूहले दुराशयक्त भन्दै ओलीको सहमति प्रस्तावलाई अस्वीकार गरेको छ । अन्तिम प्रयास गर्दा पनि नेपाल समूह एकताका लागि तयार नभएको बताउने ओली निकट एक नेता, मन्त्रिपरिषदलाई पूर्णता दिनेतर्फ प्रधानमन्त्री अघि बढेको बताउँछन् । ‘माधव नेपाल समूहकै मागअनुसार ६ बुँदे प्रस्ताव गरिएको हो ।

त्यसमध्ये गृह मन्त्रालयमा धेरै नेताको चासो छ । प्रधानमन्त्री ओलीलाई दबाव पनि यही मन्त्री चयनमा देखिएको छ । ओलीलाई यो तहको राजनीतिक उचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी गरेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीसँग रक्षा र गृहसहित ७ मन्त्रालय छ । अहिलेको मन्त्रिपरिषद्‍मा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका एक जना पनि मन्त्री छैनन् । स्रोतका अनुसार, गृहसहित सातै मन्त्रालय पूर्वमाओवादीले पाउनुपर्ने माग प्रधानमन्त्रीसँग राखिएको छ । त्यसैले बाँकी सात मन्त्रालयका निम्ति आठ जनाको नियुक्ति प्रम ओलीलाई फलामको चिउरा सरह छ ।

अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरूबाटै मन्त्री चयन गर्नेछन् । तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलपछि रघुवीर महासेठ दोस्रो वरियताको उपप्रधानमन्त्री बनिसकेकाले जुनियर नेतालाई मन्त्री बनाउने गृहकार्य भइरहेको छ ।

त्यसमध्ये गृह मन्त्रालयमा धेरै नेताको चासो छ । प्रधानमन्त्री ओलीलाई दबाव पनि यही मन्त्री चयनमा देखिएको छ । ओलीलाई यो तहको राजनीतिक उचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी गरेको स्रोतको भनाइ छ ।

त्यसमध्ये पनि जसपा विभाजन गराउँदै सरकारमा सहभागी गराउनेसम्मको राजनीतिक कोर्समा देखिने गरी संलग्न भएका पूर्वमन्त्री महेश बस्नेतको बलियो दावी छ ।

उनीप्रति ओली पनि सकारात्मक रहेको बताइन्छ । बस्नेत २०७१ मा उद्योगमन्त्री थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित बस्नेत २०७४ मा भने भक्तपुर–२ बाट निर्वाचित भए ।

 

बस्नेतसँगै खगराज अधिकारी  पनि गृहमन्त्रीको दौडमा छन् । अधिकारी गण्डकी प्रदेशका हुन् । अहिलेको मन्त्रिपरिषद्मा प्रदेश–२ बाट एघार जना मन्त्री रहेकाले भौगोलिक सन्तुलन कायम गर्न बस्नेत नभएर अधिकारी मन्त्री बन्नुपर्ने लविङ ओली समूहमा भइरहेको छ । अधिकारी ओलीलाई साथ दिँदै आएका नेता हुन् ।

अधिकारी र बस्नेतबाहेक प्रधानमन्त्री ओलीलाई लगातार साथ दिँदै आएका नेताहरूले मन्त्रीको आकांक्षा राखेका छन् । सार्वजनिक खपतका निम्ति मन्त्रीको लालसा नराखेको बताउने गरेपनि विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत मन्त्री बन्ने दौडमा छन् ।

अहिले गृह, रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, संघीय ममिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालय रिक्त छ ।

आफू निकट नेताहरुको दाबीमा भौगोलिक, जातीय, लैंगिक सन्तुलन समेत मिलाउनुपर्ने दबाव प्रधानमन्त्रीमाथि छ । अहिलेको मन्त्रिपरिषद्मा एक जना पनि दलित समुदायका परेका छैनन् ।