बुढानीलकण्ठमा देउवा, प्रचण्ड, नेपाल र यादवबीच छलफल हुदै , यस्ता छन एजेण्डा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८
7.5K
SHARES

२७ जेठ काठमाडौं।अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

देउवालाई भेट्न दाहाल, नेपाल र यादव उनको निवास बूढानीलकण्ठ पुगेका हुन्। पछिल्लो राजनीतिक परिस्थितिपछि गठबन्धन बनाएर अघि बढेका तीन शिर्ष नेताहरुबीच आगामी रणनीति तय गर्ने विषयमा छलफल गर्न भेटवार्ता भएको बुझिएको छ।

छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी रहेका छन्।