एक माघले जाडो जाँदैन – नेता थापा
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीवारको सर्वोच्च अदालतको आदेशलाई लिएर हौसिनु पर्ने अवस्था नरहेको बताएका छन् ।
ट्वीटरमा एक स्टाटस लेख्दै थापाले राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र,निष्पक्ष र तटस्थ भूमिका स्थापित गरेको भन्दै अदालतको फैसला पनि सोहीअनुरुप हुनु पर्ने उल्लेख गरेका छन् ।
तर निवेदक पक्षका वकिलको छनोटमा इजलास बन्ने र चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिँदै होस नै गुमाउने व्यवहार गलत रहेको उल्लेख गरेका छन् ।
तर यस्तो प्रवृत्ति राम्रो नहुने भन्दै उनले एक माघले जाडो नजाने भन्दै कटाक्षसमेत गरेका छन् ।
उनले लेखेका छन्,’नेपालकाे राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेकाे छ। अदालतकाे फैसला त्यसैअनुरूप हुनुपर्छ। पक्षका वकिलकाे छनाेटमा इजलास बन्ने,चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै हाेसनै गुमाउने व्यवहार गलत हाे। एकै माघले जाडाे त जाँदैन।’