सर्वदलीय छलफलपछि डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८
4.7K
SHARES

२८ जेठ काठमाडौ । आज जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनबारे विचार राख्ने अधिकार सभामुख अग्नि सापकोटालाई रहेको बताएका छन् ।

शुक्रबार सभामुख अग्नि सापकोटाले पूर्वप्रधानमन्त्री तथा संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै डा.भट्टराईले यस्तो धारणा राखेका हुन् ।

‘जननिर्वाचित हुने हाम्रो राजनीतिक प्रणालीमा जनप्रतिनिधि र जनताको सर्वोच्च स्थान भनेकै प्रतिनिधिसभा हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ र जेठ ८ मा जुन ढंगले यसको विघटन गरेका छन्, त्यो स्वेच्छारी र गैर-संवैधानिक कदम हो,’ डा.भट्टराले भने ।

हाल प्रतिनिधिसभा विघटित अवस्थामा भए पनि यसको पुनर्स्थापना हुने मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेकाले प्रतिनिधिसभाको सभामुख अग्नि सापकोटा नै भएको उनले बताए । ‘प्रतिनिधिसभाको अर्को चुनाव भएर सभामुख परिवर्तन नभएसम्मका लागि उहाँ (अग्नि सापकोटा) नै सभामुख हो,’ डा.भट्टराईले भने ।