सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन – नेता थापा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८
8.7K
SHARES

२८ जेठ काठमाडौं।अहिले नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गर्छ भने नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन्। निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत भए पनि सरकारको गलत कामका विरुद्ध सडकमा आउनुको विकल्प नभएको थापाले बताए।

‘निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत हो। तर, जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण बेवास्ता गर्दै, कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

चिकित्सा शिक्षा आयोगको बैठकबाट बीण्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा शुक्रवार बृहत् नागरिक आन्दोलनका अभियन्ताले शुक्रवार बालुवाटारमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूलाई पक्राउ गरेपछि थापाको यस्तो भनाइ आएको हो।