सरकारका गठनका लागि पृथ्वीसुब्बाको पनि दाबी
२९ जेठ पोखरा ।अहिले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् ।
उनले वैकल्पिक सरकार निर्माणका लागि जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रका आधारमा दाबी पेस गरेका हुन् ।
सरकार बनाउन भन्दा पनि अर्को सरकार बनाउन नदिन र संसद विघटनतिर लैजान यो चलखेल भइरहेको बुझिएको छ । जनमोर्चाका २ र जसपाका २ सांसदको समर्थन विपक्षी गठबन्धनलाई कायमै छ ।
मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट विश्वास गुमाएइ सकेका छन् ।
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि दिएको समय अहिले दिउँसो ३ सकिएको छ । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन्।