गण्डकीमा सरकार गुमेपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया
२९ जेठ पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन्। नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन्। गण्डकीमा आफ्नो सरकार विभिन्न अन्तविरोधको कारण गुमाउन परेपछि एमाले पार्टी सचिव योगेश भट्टराईले आफ्नो धारणा सामाजिक संजालमा यसरी लेखेका छन ।
उनले भनाई- नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? सबै प्रदेशमा दलका काम कार्वाहीको पुन: संरचना गर्न ढिला नगरौ !