सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् – निवर्तमान मुख्यमन्त्री गुरुङ
३० जेठ पोखरा। आजनिवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेप्रति गुरुङले आक्रोश व्यक्त गरेका छन्। आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर गुरुङले दीपक मनाङेप्रति आक्रोश व्यक्त गरेका हुन्।
आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री गुरुङले बताए।
निवर्तमान मुख्यमन्त्री गुरुङले आफूलाई यो भन्दा ठूलो धोका अरु नहुने बताए। निर्वाचनमा जिताउनेदेखि सपथ गराउनेसम्म आफूले सहयोग गरेपनि मनाङेले आफुलाई नै धोका दिएको भन्दै उनी आक्रोशित बनेका हुन्। गुरुङले चुनाव जिताउन, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेपनि मनाङेले आफूलाई नै धोका दिएको बताए।
गुरुङले भने, ‘राजनीतिमा आएर समाजसेवा गर्छु अब सुध्रिन्छु भनेपछि आफूले सहयाग गरेको हो। ‘सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन्।’
गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री पनि बनाएका थिए।तर पछिल्लो पटक उनले कित्ता फेरेर विपक्षी तिर लागेपछि वैकल्पिक सरकार बनेको छ।