पाँच पूर्वप्रधानमन्त्रीहरूको विज्ञाप्तिलाई नेता थापाले दिए यस्तो संज्ञा
३० जेठ काठमाडौ ।आज प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पाँचजना पूर्वप्रधानमन्त्री लाग्दा पनि वर्तमान प्रधानमन्त्रीलाई केही गर्न नसकेको टिप्पणी गरेका छन् ।
हिजो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वहालवाला प्रधानमन्त्री ओली स्वेच्छाचारिता र गैर-लोकतान्त्रिक कदममा लिप्त भएको आरोप लगाएकोप्रति थापाले यस्तो टिप्पणी गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीहरुले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले चुरे मास्ने निर्णय गरेको, कोरोना रोकथाका लागि स्वास्थ्य सेवामा केही काम नगरेको र खोप ल्याउनेबारे कुनै प्रयास नगरेको, प्रधानमन्त्री ओलीले संविधानमै नभएको कानुनमा टेकेर २ पटक प्रतिनिधिसभा विघटन गरेको र अल्पमतमा परिसकेपछि पनि २ पटक मन्त्रिपरिषद् विस्तार गरेर सर्वसत्तावादी चरित्र देखाएको दाबी गरेका छन् ।
सोही विज्ञप्तिको प्रतिक्रिया दिँदै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले सत्ताको भोकका कारण पूर्वप्रधानमन्त्रीहरुले वर्तमान प्रधानमन्त्री ओलीलाई ओरोप लगाएको बताएका हुन् । 