अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
5.8K
SHARES

४ भदौ काठमाडौ । अहिले अर्थमन्त्री जनार्दन शर्माले वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेका छन् । उप्रेती राज्यमन्त्री सरहको सुविधामा अर्थ मन्त्रालयमा नियुक्त भएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । मन्त्री शर्मा यसअघि उर्जामन्त्री हुँदा उनलाई विद्युत् उत्पादन कम्पनीको सञ्चालक बनाएका थिए ।

त्यहाँ सञ्चालक बनेपछि उनी जगदूल्ला जलविद्युत् कम्पनी नामक सहायक कम्पनी खोलेर त्यसको व्यवस्थापन प्रमुख बनेका थिए ।