नेप्से आज र भोली बन्द


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
3.3K
SHARES

६ भदौ काठमाडौं । सातामा पाँच कारोबार दिन सञ्चालन हुने शेयर बजार यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको छ ।

आइतवार र सोमवार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ । आइतवार रक्षा बन्धन तथा जनै पूर्णिमाको देशभरी सार्वजनिक विदार सोमवार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार पनि बन्द हुने नेप्सेको भनाई छ ।

अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक १८ दशमलव २४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा आएर कारोबार बन्द भएको थियो ।