अब दुई घण्टामा क्यूआर कोडसहितको खोप कार्ड पाइने


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
3.2K
SHARES

१० भदौ काठमाडौं । क्यूआर कोडसहितको खोप कार्ड तत्काल दिने व्यस्वस्था मिलाइएको सरकारले जनाएको छ । आकस्मिक रुपमा विदेश जानेहरुका लागि दुईदेखि तीनघण्टाभित्र क्यूआर कोडसहितको खोप कार्ड उपलब्ध गराउने सरकारले बताएको छ ।

आकस्मिक रुपमा आज साँझ वा भोलि विहान नै कोही विदेश जानु परे अनलाइन फर्म भरेर रजिस्ट्रेसन नम्बर लिएर आएको खण्डमा दुईदेखि तीन घण्टाभित्रै खोप कार्ड उपलब्ध गराउने क्यूआर कोड फोकल पर्सन डा. दीपक झाले बताए ।

यसका लागि टेकुस्थित स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा सम्पर्क गर्न डा. झाले बताएका छन् । विदेश जान अहिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।

त्यसैले सरकारले फोकल पर्सन तोकेर सहज रुपमा क्यूआर कोडसहितको कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यस्तो कार्ड लिन कुनै पनि शूल्क तिर्नु पर्दैन ।