सामलिङ्ग पावरको आईपीओ १८ भदौदेखि


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
8.7K
SHARES

१७ भदौ काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १८ भदौ (शुक्रबार)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका पाँच लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात तीन लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। इलाममा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञाका कारण आईपीओ निष्काशन स्थगित गरिएको थियो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन छिटोमा १ असोजमा र ढिलोमा १७ असोजमा हुनेछ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।