एमाले अध्यक्ष ओली अस्वस्थ
१९ भदौ काठमाडौं। आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए।
ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए। नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए।
बजगाईं भने, ‘उहाँ दौडधुप र धपेडीका कारण सामान्य अस्वस्थ हुनुहुन्छ। त्यसैले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको हो। ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्।’