एमसीसी पास हुँदैन – अध्यक्ष प्रचण्ड
२२ भदौ काठमाडौं । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास नहुने बताएका छन् ।
आज युवा संगठन ‘योङ कम्युनिस्ट लिग’ (वाईसीएल) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पास नहुने बताएका हुन् ।
“हामीले कूटनीतिक नोट पठाएका छौँ । त्यसको जवाफ आएको छैन । एमसीसी पास हुँदैन,” प्रचण्डको भनाइ उद्धृत गर्दै वाईसीएलका प्रवक्ता पुष्प ओलीले भने ।
उनकाअनुसार बैठकले वाईसीएलको संयोजक सुमन देवकोटालाई चयन गरेको छ । त्यस्तै सह–संयोजक सुमन सिर्पाली चयन भएका छन् । केहीदिन अघि सम्पन्न राष्ट्रिय भेलाले अध्यक्ष चयन गर्न नसकेपछि पदाधिकारी बिनाको केन्द्रीय कमिटी घोषणा गरेको थियो ।