एमसीसी पास गर्नुपर्छ – डा. भट्टराई
२८ भदौ काठमाडौं। आज जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता छिटो अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने बताएका छन्।
सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन्।
एमसीसी परियोजना फिर्ता जाने खतरा पनि रहेको उनले बताए। भट्टराईले एमसीसीको विषय गिजोलिँदा जनस्तरसम्म भ्रम सिर्जना भएको र ठिक कि बेठिक भन्ने प्रश्नले पश्रय पाएको बताए।
उनले राष्ट्रिय सहमति जुटाउँदा सहज हुन्छ भन्ने कोणबाट संसद्बाट अनुमोदनको कुरा राखिएको बताए। सरकारमा हुँदा एउटा कुरा सरकारबाट बाहिरिँदा अर्को कुरा गर्ने प्रवृत्ति र पुराना कम्युनिस्ट पार्टीको धङ्धङीले आन्तरिक पार्टीको संघर्ष प्रतिबिम्बित हुन पुगेको भट्टराईले बताए।