आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्छ – अध्यक्ष प्रचण्ड
३० भदौ काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दोहोर्याएका छन् ।
बुधबार पोस्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले अब आफूहरूले देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने बताए ।
“अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक पार्टी हो । यसको तुलना अरूसँग हुन सक्दैन,” उनले भने ।
संविधान बनाउँदा नै आफूले निर्वाचन प्रणाली, शासकीय स्वरूपका विषयमा ‘नोट अफ डिसेन्ट’ राखेको उनले स्मरण गरे ।