सेञ्चुरी बैंक आन्तरिक विप्रेषणमा सहज बन्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३१ २०७८
3.8K
SHARES

३१ भदौ काठमाडौं ।अब सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको छ ।

यो सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिनेछ ।

यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ ।

साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्न सक्नेछन् ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।