सुरु भयो दसैंका लागि सुपथ मूल्य पसल
१ असोजकाठमाडौं । नेपाल सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन् ।
सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका र च्याङग्रा किन्न पाइनेछ । चामलमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी–बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
