यहि अवस्थामा कुनैपनि हालतमा एमसीसी पास हुदैन – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २ २०७८
13.6K
SHARES

२ असोज काठमाडौ । आज नेकपा माओबादी केन्द्र गण्डकी गाउँपालिका काठमाडौ सम्पर्क मन्च गठन भएको छ । गोरखाको गण्डकी गाउँपालिका स्थायी घर भई काठमाडौमा बिभिन्न पेशा व्यवसायमा आबद्ध माओबादी केन्दमा आस्था राख्नेहरुलाई समेटेर मन्च गठन गरिएको हो ।

उक्त आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका बरिष्ट नेता  नारायणकाजी श्रेष्ठ (प्रकाश)ले यहि अवस्थामा कुनै पनि हालतमा एमसीसी पास नहुने बताएका छन । उनले राष्ट्रियताको विषयमा शर्त सहितको अनुदान नेपालले लिन नहुने बताए । नेपालको परिवर्तगामी आन्दोलनहरूमा गोरखाको महत्वपूर्ण भूमिका रहेको र आभामी दिनहरूमा पनि उक्तखालको भूमिका प्राप्त हुनेमा पार्टी आशावादी रहेको व्यक्त गरे ।

सम्पर्क मन्चको अध्यक्ष पवन वयलकोटीको नेतृत्वमा२९ सदस्य कमिटि चएन भएका छन । त्यस्तै  उपाध्यक्षमा जापान गुरुङ, सचिवमा रवि पन्त, सहसचिव सुजन परियार, कोषाध्यक्ष ईश्वर गुरुङ चएन भएका छन ।

भेलामा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य चुणामणी खड्का (प्रकाश), केन्द्रिय सदस्य लेखनाथ न्यापाने , लगायतका नेताहरुको सहभागिता रहेको थियो ।