एमालेको अबरोधकाबीच पनि बजेट पारित
४ असोज काठमाडौँ । एमालेको अवरोधका बीच संसदबाट बजेट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । बजेट पारित पारित भएसँगै खर्च गर्न नपाएर परेको सरकारको संकट टरेको छ ।
अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कोभिड–१९ प्रभावितको जीवनरक्षा र शिथिल अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका थिए ।
अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । सरकारले कोभिड १९ खोप खरिदको स्रोतको अभाव नहुने जनाएको छ । जेठ १५ मा पूर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट सरकारले प्रतिस्थापन विधेयक मार्फत शंसोधन गरेको छ ।