वैचारिक भन्ने नेताहरुले आत्मसमर्पण गर्दा अच्चमित छु – अध्यक्ष प्रचण्ड
४ असोज काठमाडौं। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताएका छन्। सोमबार सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
पूर्वमाओवादी एवं क्रान्तिकारी घटक छिट्टै समीक्षा गरेर एकजुट हुन आवश्यक रहेको प्रचण्डले बताए। उनले विप्लव, वैद्य, उपेन्द्र-बाबुराम, मोहनविक्रमहरु एकै ठाउँमा बसेर ऐतिहासिक समीक्षा गर्ने समय आएको बताए।
प्रचण्डले भने, ‘अहिले जनता, कार्यकर्ता बिग्रिएको होइन, नेताले गर्दा बिग्रिएको हो। अरुलाई दोष नलगाई मैले गर्दा बिग्रिएको भनेर अगाडि बढ्दा सफल भइन्छ।’
अध्यक्ष प्रचण्डले आफूलाई वैचारिक भन्ने नेताहरुले नै आत्मसमर्पण गर्नु अनौठो भएको बताएका छन्। घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका १० जनाले केपी ओलीसँग आत्मसमर्पण गरेको टिप्पणी गरे।