अहिले माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ६ २०७८
5.5K
SHARES

६ असोज काठमाडौ । माछापुच्छ्रे बैंकले यस वर्ष शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको आज बसेको बैठकले यो प्रस्ताव गर्ने निर्णय गरेको हो । संचालक समितिले गत आर्थिक बर्ष (२०७७-७८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत रु. १,२६७,४३२,६३२ लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपंैया संचित छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत बढी लाभांश दिएको थियो ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।