लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले डाकेव साधारण सभा


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३१ २०७८
7.7K
SHARES

३१ असाेज काठमाडौ।कुमारी बैंक लिमिटेड (KBL) ले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले कात्तिक १६ गते आफ्नो केन्द्रीय नक्साल कार्यालयमा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ। सो सभामा अनलाइन (जुम) मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।