नेपालमा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३१ २०७८
8.9K
SHARES

३१ असाेज काठमाडौं । नेपालमा आइतबार थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ जना र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै ६८० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ संक्रमित निको भएका छन् ।हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।