नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २ २०७८
8.1K
SHARES

२ कात्तिक काठमाडौं। अबिले नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवागरेको छ। १४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन्।

नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ। सुजित शाक्य र बिनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्।अब ज्ञवाली पनि थपिएका छन्।

बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो। ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। कार्यकाल बाँकी छँदै उनले ज्योति छाडेका थिए। ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।