पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो , अब कति पुग्यो ?


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २४ २०७८
9.8K
SHARES

२४ कात्तिक काठमाडौं । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो ।

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
यस्तै, खाना पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ ले बढेर १५७५ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८९५ अमेरिकी डलर पुगेकाे छ ।यसअघि कात्तिक १२ गते निगमले मूल्य बढाएको थियो ।