प्रचण्ड अस्पतालबाट डिस्चार्ज , केहि दिन भेटघाट बन्द


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८
2.6K
SHARES

२८ कात्तिक काठमाडौ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् ।

देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि हिजो शनिवार अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएकाले केहि दिन भेटघाट बन्द हुने छ । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतका कार्यक्रमपछि अस्वस्थ भएका थिए ।