यस स्थान नजिक भेटियो अग्रवाल परिवारको लोकेसन


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८
9K
SHARES

६ माघ काठमाडौं । गएको पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवारको सूचना अझै अज्ञात छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोली अग्रवाल परिवारको खोजीमा सक्रिय छ ।

प्रहरीले नेपालमा रहेका अग्रवाल परिवारका आफन्तसँग सोधखोज गरिसकेको छ । केही आफन्त नेपालबाहिर भारतमा रहेकाले प्रहरीलाई उनीहरुसँग पुग्न सहज नभएको अधिकारीहरु बताउँछन् ।

तर परिवारको लोकेसेन अन्तिमपटक मधेस प्रदेशको नेपाल–भारत सीमानजिक भेटिएको छ ।