राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक : कतिले बढ्यो जनसंख्या ?


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १२ २०७८
6.5K
SHARES

१२ माघ काठमाडौं। नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। २०७८ मा सम्पन्न जनगणनाले नेपालका कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले बताएको छ।

२०६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। १० वर्षको अन्तरालमा नेपालको जनसंख्या २७ लाखले बढेको छ। यो १० प्रतिशतभन्दा बढी हो। तथ्यांकका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । पुरुषको संख्या महिलाको तुलनामा कम रहेको छ।

नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन्। यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ।