अत्यावश्यक बाहेकका सेवा स्थगित


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १३ २०७८
1.7K
SHARES

१३ माघ काठमाडौँ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठुलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट केही कर्मचारी संक्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ ।

केही र्कचारी संक्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिएका छन ।

उनका अनुसार महानगरमा ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना संक्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ ।