सहिद धर्मभक्तप्रति श्रद्धाञ्जली
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ १३ २०७८
6.3K
SHARES
१३ माघ काठमाडौं । सहिद सप्ताहअन्तर्गत बिहीबार सहिद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौं महानगरपालिकाले सिफलस्थित माथेमाको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेको हो । १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासनविरोधी आन्दोलनमा सक्रिय माथेमालाई वि.सं. १९९७ साल माघ १३ गते सिफलमा रहेको बकैनाको रुखमा झुन्ड्याएर फाँसी दिइएको थियो ।
माथेमा केही युवाको सहयोगमा वि.सं. १९९३ मा नेपाल प्रजा परिषद् नामक संगठन स्थापना गरी राणशासनविरोधी आन्दोलनमा होमिएका थिए । यसअघि, सहिद सप्ताहको पहिलो दिन सहिद शुक्रराज शास्त्रीप्रति उनलाई फाँसी दिइएको स्थान काठमाडौंको टेकुमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट