जोर-बिजोर प्रणाली हटाउने तयारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १३ २०७८
4.9K
SHARES

१३ माघ  काठमाडौँ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने तयारी गरेका छन्। उपत्यकाका तीन जिल्लाका सिडिओहरूले अघिल्लो बुधबारदेखि जोर-बिजोर नियम लागू गराएका थिए।

सार्वजनिक र निजी सेवा प्रदायक संघ–संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर-बिजोर नियम लागू गरेपछि बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायातमा अत्यधिक भिडभाड बढेको छ। सोही विषयलाई मध्यनजर गर्दै छलफलको तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

उनका अनुसार सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर-बिजोर हटाउने तयारी गरिएको छ। ‘हामीले भिडभाड कम गर्नका लागि जोर-बिजोर लागू गरेका हौँ, एक साता पनि भयो, तर सीमित यातायातका साधन गुड्दा झ्न बढी भिडभाड भयो, कि त अन्य सेवा प्रदायक कार्यालयहरू पनि बन्द हुनुपर्दथ्यो,’ उनले भने, ‘यसलाई हामी आजभोलिमै सहज गराउने प्रयास गरिरहेका छौँ।’ उनले भक्तपुर र काठमाडौंका सिडिओसँग छलफल भइरहेको पनि जानकारी दिए।