जोर बिजोर प्रणाली बारे यस्तो भयो निर्णय


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १४ २०७८
7.1K
SHARES

१४ माघ काठमाडौ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

प्रवक्ता नेपालले भनिन् :‘सबै जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रिपरिषदमा सिफारिस गरेका हौं, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले आफैं पनि जोर–बिजोर हटाउन सक्छन । अहिले ट्याक्सी र निजी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस गरेका छौ ।’