मुम्बई विस्फोटका आरोपी पक्राउ, को हुन उनी ?
Capital Headline
प्रकाशित मिति :
शनिबार, माघ २२ २०७८
8.6K
SHARES
२२ माघ एजेन्सी । मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी अबु बक्रलाई २९ वर्षपछि पक्राउ गर्न भारतीय सुरक्षा एजेन्सी सफल भएको छ ।
सन् १९९३ मा भएको विस्फोटमा संलग्न रहेको आरोप लागेपछि अबु फरार रहेका थिए ।
भारतीय सुरक्षा एजेन्सीले अबुलाई यूएईबाट पक्राउ गरेको हो। अबुविरुद्ध सन् १९९७ मा रेड कर्नर नोटिस जारी गरिएको थियो ।
भारतीय सञ्चारमाध्यम डेली इण्डिया डट नेटका अनुसार पक्राउ परेका अबुलाई यूएईबाट भारत ल्याइँदैछ । उनको पूरा नाम अबु बक्र अब्दुल गफूर शेख हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट