प्रदर्शनकारीले निषेधित क्षेत्र तोडे
८ फागुन काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्ध सडक प्रदर्शनमा उत्रिएकाहरूले आइतबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबल हुने भएपछि प्रदर्शनकारीहरू आक्रोशित भएका हुन् ।
प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै बानेश्वर चोकमै पुगेका छन् । उनीहरूलाई रोक्न प्रहरीले आश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दोहोरो झडपपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।