मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
१० फागुन काठमाडौं। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गको हेटौंडा-मनहरी सडकखण्डको हेटौंडा उपमहानगरपालिका-१९ दारिमटारमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, हेटौंडा-फाखेल-काठमाडौं सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-२ मा पनि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
काठमाडौंबाट आउँदै गरेको बा५७प ८५७० नम्बरको मोटरसाइकल इन्द्रसरोवर-२ मा दुर्घटना हुँदा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल सडकबाट ४०० मिटर तल खसेको छ ।