संसद्को कार्यसूची सार्वजनिक : भोलि एमसीसीमाथि छलफल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन १२ २०७८
2K
SHARES
१२ फागुन काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । बिहीबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।
प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय छ । आजका लागि बोलाइएको बैठक सरकारको आग्रहमा भोलिका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट