पलविरुद्ध दोस्रो जाहेरी : मादक पदार्थ पिलाएर बलात्कार भयो


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
5.4K
SHARES

१५ फागुन काठमाडौं । पल शाहविरुद्ध दोस्रो पटक जाहेरी दिने पीडित गायिकाका बुबाले छोरीमाथि अभिनेता पल शाहले जबरजस्ती मादक पदार्थ सेवन पिलाएर बलात्कार गरेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरमा दिइएको जाहेरीमा  नाबालिका छोरीलाई माया प्रेम गरेको, विभिन्न झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ ।

यस्तै सोही संहिताको २२८ बमोजिम क्षतिपूर्तिसमेत भराइदिन माग गरिएको छ । जाहेरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख गरिएको छ ।